ओलीको चिन्तनकै कारण लोकतन्त्र संकटमा : नेता नेपाल

 ग्लोबल टिभि           0

नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको भड्काउ चिन्तनले कम्युनिष्ट आन्दोलन धरापमा परेको बताएका छन् ।

जनकपुरधामस्थित नेकपा पार्टी कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् ।

उनले पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन नसकेको बताए पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेटघाट भए पनि छलफल सकारात्मक हुन नसकेको उनले बताए ।

‘अरुको कुरा सुन्न तयार नहुने ओलीमा खाए खा नखाए घिच प्रवृत्ति हाबी छ’, नेता नेपालले भने, ‘उनकै भड्काउ चिन्तनले मुलुक र लोकतन्त्र संकटमा परेको छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *