बहिर्गमित जनमुक्ति सेनाको माग : अयोग्यको बिल्ला हटाइयोस्

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख १०, २०७८      0

बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूलाई लगाइएको अयोग्यको ‘बिल्ला’ खारेज गर्दै सम्मानयुक्त शब्दसहित परिचयपत्र दिन सरकारसँग माग गरेको छ ।

चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै बहिर्गमित जनमुक्ति सेना नेपालले सम्मानपत्र र परिचयपत्र वितरण गर्न माग गरेको हो । यसैगरी तत्कालीन माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौताअनुरूप तत्कालीन समयका १८ वर्षमुनिका बालसेनाको पुनःस्थापना गर्न पनि माग गरिएको छ ।

जनमुक्ति सेनाका इन्चार्ज असिम आङबुहाङ लिम्बुले बहिर्गमितलाई पनि स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह आर्थिक प्याकेज दिन, सशस्त्र युद्धमा मारिएकालाई राष्ट्रिय शहीद घोषणा गर्न र सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेलाई औषधि उपचारसहितको दीर्घकालीन व्यवस्था गर्नसमेत आग्रह गरे ।

उनले नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेनाबीच विभिन्न चरणको वार्तामा भएका सहमति तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *