कोरोना संक्रमणले संविधानसभा सदस्य सिद्दिकीको निधन

 ग्लोबल टिभि      शनिबार, बैशाख ११, २०७८      0

नेपाली काँग्रेसकी नेतृ मोहम्मद सिद्दिकीको कोरोना संक्रमणले निधन भएको छ । शनिबार भेरी अस्पताल नेपालगञ्जमा उनको निधन भएको हो ।

मधुमेहरोगी उनलाई चैत २८ गते कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि भएसँगै भन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिवार साँझ उनको निधन भएको अस्पतालले जनाएको छ ।

सिद्दिकी संविधानसभामा काँग्रेसको समानुपातिकतर्फकी सांसद थिइन् । २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकी सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा सक्रिय रहेकी थिइन् ।

यस्तै मुस्लिम समुदायलाई पहिचान दिलाउने र महिलाको अधिकारका लागि पनि उनी केन्द्रित थिइन् । सिद्दिकीका दुई छोरा र एक छोरी छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *