निष्पक्ष निर्वाचनका लागि काँग्रेसको सरकार आवश्यक : सहमहामन्त्री महत

 ग्लोबल टिभि      आइतवार, बैशाख १२, २०७८      0

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले निष्पक्ष निर्वाचनका लागि केपी शर्मा ओलीको बहिर्गमन आवश्यक रहेको बताएका छन् ।

आइतवार सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका १ मा निर्मित गुम्बा पार्कको उद्घाटन गर्दै सहमहामन्त्री महतले काँग्रेस नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

पाँच वर्षका लागि चुनेर पठाएको तीन वर्षमै कम्युनिष्ट सरकारमा मारामार चलेको भन्दै सहमहामन्त्री महतले अब उनीहरूलाई हराउनैपर्ने बताए । उनले काँग्रेसले अब गफभन्दा काम गरेर देखाउने बताए ।

उनले ओलीनेतृत्वको सरकारले जनतालाई भ्रममा राखेको आरोप लगाए । काम पूरै नगरी धरहरा उद्घाटन गरेर ओलीले आफूलाई भीमसेन थापासँग दाँज्न खोजेको उनको भनाइ छ।

कार्यक्रममा जिल्ला सभापति विकास लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ र वडाध्यक्ष श्री लामालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा काँग्रेसका युवा नेता कान्छाराम तामाङको पनि उपस्थिति थियो ।

समितिका अध्यक्ष आइतमान तामाङले गुम्बा ४६ लाख ६९ हजार लागतमा निर्माण भएको जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *