काठमाडौँ उपत्यकामा बुधवार रातिदेखि लकडाउन गर्ने तयारी

 ग्लोबल टिभि           0

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका लागि आगामी बुधवार राती ( बैशाख १५ गते ) देखि लकडाउन गर्ने तयारी भैरहेको छ । उपत्यकामा लकडाउन गर्ने बिषयमा अहिले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैंठक बसिरहेको छ । उच्च स्रोतले ग्लोबल टेलिभिजनलाई दिएको सूचना अनुसार बुधवार मध्यरात देखि उपत्यकामा निषेधज्ञा जारी गर्ने तयारी भैरहेको हो ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारीको बैठकले आधिकारिक निर्णय गर्ने स्रोतको भनाइ छ । आइतवार बसेको बैठकले एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय सहित उपत्यकाका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरिसकेका छौं, आजको बैठकले लकडाउनको बिषयमा निर्णय गर्छ –स्रोतले भन्यो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *