ग्लोबल टिभि
0
राष्ट्रियसभाका पूर्वसदस्य प्रा. विदुर पौडेल मस्तिष्काघात भएको छ । शनिबार अचानक स्वास्थ्यमा समस्या आएपछि पौडेल सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अहिले उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
पक्षघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले जानकारी दिए ।
सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।
Post Views: 1,276
Leave a Reply