कोरोना संकट: फ्रण्टलाईनमा सुरक्षाकर्मी

सचेतना कार्यक्रमदेखि शव व्यवस्थापनसम्म

 ग्लोबल टिभि      मङ्लबार, बैशाख १४, २०७८      0

शंकर मोक्तान । काठमाडौ उपत्यका लगायतका शहरमा निषेधाज्ञा गरिने भएपछि सुरक्षा सतर्कता पनि बढाइएको छ । सुरक्षा निकायले कोरोना संक्रमणबाट बच्न सचेतना फैलाउनेदेखि स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि ठाउँको ठाँउ कारवाहीलाई तीव्रता दिएको छ ।

मास्क नलगाउने, अनावश्यक रुपमा भीडभाड गर्ने र स्वास्थ्य मन्त्रालयको निर्देशन पालना नगर्नेलाई होल्ड गरेरै केहीलाई सम्झाई बुझाई छाडेको छ । विपतको बेला सुरक्षा निकाय अग्रपंक्तिमा खटिदै आएको छ । कोरोना दोस्रो लहरमा पनि सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिएका छन् । निषेधाज्ञाको पूर्ण पालना गराउन नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय संग सहकार्य गरि अघि बढ्ने प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।

पिसिआर जाँचको लागि प्रहरी अस्पताल महाराजगन्जबाट सेवा दिईरहेको र स्वास्थ्य मापदण्ड पालना गराउनका लागि सचेतना जगाउने र भिडभाड हुन नदिने कार्यमा नेपाल प्रहरी खटिरहेको उनले बताए । यता, सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी राजु अर्यालले भारतबाट नेपाल भित्रिने नेपालीको स्वास्थ्य परीक्षण लागि सीमामा हेल्थ डेस्क सञ्चालन गरिरहेको बताए ।

बलम्बुस्थित एपीएफ अस्पताललाई गत वर्ष देखि नै कोभिड अस्पताल बनाएर सेवा दिने काममा सशस्त्र प्रहरी खटिरहेकोले कोरोना रोकथामका लागि आफूहरु सतर्क अवस्थामा रहेको उनको भनाइ छ । नेपाली सेनाले भने कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) अन्तर्गत नै काम गरिहेको छ । नेपाली सेनाका अनुसार सीसीएमसीको पछिल्लो छलफलमा जस्तै सेना शव व्यवस्थापन अन्तर्गत खटिरहेको जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *