ग्लोबल टिभि
0
सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।
जसपासँग भएको सम्झौताअनुरूप १२० नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको हो । जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो ।
जसपाले आफ्ना माग सम्बोधन भए सरकारलाई बाहिरबाटै समर्थन गर्ने वचन दिएको थियो । तर अहिलेसम्म जसपाले संस्थागत निर्णय गरेको छैन ।
महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले ओलीसँगको सहकार्यलाई जोड दिएको छ । उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष भने केपी ओलीलाई हटाएर काँग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् ।
Post Views: 1,250
Leave a Reply