गण्डकी प्रदेशसभा बैठक रोक्न जनमोर्चाको माग

 ग्लोबल टिभि      बुधबार, बैशाख १५, २०७८      0

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै गण्डकी प्रदेशसभा बैठक रोक्न माग गरेको छ ।

पार्टीको संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाही नभेटिएसम्म संसद्को कारबाही रोक्न माग गरेकी हुन् । थापाले शाहीको अवस्था सार्वजनिक गर्न र उनको जीवनरक्षाको माग गरेकी छिन् ।

सांसद थापाले मंगलबार संसदीय दलको बैठक बसेर अविश्वासको प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएको बताइन् । तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *