ग्लोबल टिभि
0
गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगन गरेका हुन् ।
राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएकाले यो विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै उनले अनिश्चितकालका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।
राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये एक सम्पर्कविहीन भएको भन्दै अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार प्रदेशसभामा पत्र बुझाएकी थिइन् ।
१३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार बैठकमा निर्णायार्थ पेश गर्ने कार्यसूची थियो ।
Post Views: 1,001
Leave a Reply