ग्लोबल टिभि
0
वागमती प्रदेशका नवनियुक्त ३ मन्त्री तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईँले नवनियुक्त मन्त्रीहरूलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेस नेपाल, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीले सपथ लिएका हुन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पदभार सम्हाल्ने जनाइएको छ ।
Post Views: 1,489
Leave a Reply