ग्लोबल टिभि
0
सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड–१९ उपचार गर्ने अस्पतालको आईसीयूमा फेला परेका छन् ।
प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको आईसीयूमा भेटिएका हुन् । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको बताइएको छ ।
गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो ।
अपराह्न साढे ४ बजे बोलाइएको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गरेकी थिइन् ।
लगत्तै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक स्थगित गरेका थिए ।
Post Views: 1,412
Leave a Reply