‘मतदान गर्न जानैलाग्दा अचानक बिरामी भई बेहोश भएछु…’

 ग्लोबल टिभि      बिहिबार, बैशाख १६, २०७८      0

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले सदनमा जाने तयारी गर्दैगर्दा अचानक बिरामी भएको बताएका छन् ।

बिहीवार विज्ञप्ति जारी गरी सांसद शाहीले बुधवार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल र मतदानमा सहभागी हुन जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको बताएका हुन्।

उनले सदनमा जाने तयारी गर्दा अचानक बिरामी भएको र अस्पताल जाँदै गर्दा बेहोश भएको बताएका हुन् ।

पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत शाहीले पार्टीको निर्णयप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका छन् । उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा सहमति रहको जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *