ग्लोबल टिभि
बिहिबार, बैशाख १६, २०७८
0
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले गुरुङलाई सपथ खुवाएका हुन् ।
सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रूपमा विजयी भएका थिए । केही समयपछि नेकपामा प्रवेश गरेका उनले हाल आफूलाई स्वतन्त्र सांसद बताउने गरेका छन् ।
बुधवार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने वेला उनी उपस्थित थिएनन् ।
Post Views: 988
Leave a Reply