ग्लोबल टिभि
बिहिबार, बैशाख १६, २०७८
0
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार सदस्य पदमुक्त भएका छन् ।
प्रदेशसभाले बिहीवार सूचना प्रकाशन गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी दिएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहले वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए ।
प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री पोखरेलले जसपाका यी चार सांसदलाई मन्त्री बनाएका थिए ।
Post Views: 747
Leave a Reply