भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सुझाव
ग्लोबल टिभि
शनिबार, बैशाख १८, २०७८
0
कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले आन्तरिक एवं अन्तराष्ट्रिय उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण तीव्र दरमा फैलदै गएको निष्कर्षसहित राष्ट्रिय–अन्तराष्ट्रिय हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि सार्वजनिक तथा निजी सवारी संचालनमा रोक लगाएपनि हवाइ सेवा सुचारु गरेको छ । त्यस्तै, सीसीएमसीको बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न पनि सरकारसमक्ष सिफारिस गरेको छ ।
नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै बैठकले सीमा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
Post Views: 1,613
Leave a Reply