सरकारले बेड छैन भन्नु लाचारी र लज्जास्पद–नेपाली काँग्रेस

 ग्लोबल टिभि      शनिबार, बैशाख १८, २०७८      0

नेपाली काँग्रेसले देशमा कोरोना संक्रमण बढ्दै गएको अहिलेको अबस्थामा नागरिकको जीवनरक्षा गर्नबाट सरकार पछि हट्न नमिल्ने बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संकटमा राज्य हतास नभइ नागरिकलाई ढाडस दिनुपर्ने बताएका छन् । उनले बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताए । युद्धस्तरमा समाधान खोज्न पनि सरकारसंग आग्रह गरेका छन् ।

‘संकटमा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने र अस्पतालमा शैया उपलब्ध गराउन नसकिने सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’ उनले भनेका छन् । ‘पुरै बर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’ उनले प्रश्न गरेका छन् ।

त्यस्तै, प्रवक्ता शर्माले निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् ।

उनी थप्छन्, ‘राजनैतिक दलहरु, संघसंस्था र समाजसंग सरकारले गरेको सहयोग अपेक्षा के हो । फ्रन्टलाईनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने । खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ । यी समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *