सरकारी विज्ञप्तिले नागरिकमा त्रास फैलियो– नेता पुन

 ग्लोबल टिभि      शनिबार, बैशाख १८, २०७८      0

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले नागरिकमा त्रास फैलिएको बताएका छन् । सरकार कोरोना रोकथाम तथा न्युनिकरणमा नलागि गम्भिर लापरबाही गरिरहेको आरोप लगाए ।

सरकार आफैले भिड जम्मा गरेर कोरोना फैलाउन सहयोग गर्ने र पछि सक्दिन भनेर हात उठाउने कार्य गैरजिम्मेवार भएको उनको भनाइ छ ।

उनले भने, ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परीक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *