कोभिड नियन्त्रणमा सरकार असफल भयो, अब आन्दोलन गर्छौ : राप्रपा

 ग्लोबल टिभि           0

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड नियन्त्रणमा सरकार असफल भएकोले जनसंघर्ष गर्ने निष्कर्ष निकालेको छ ।
उक्त पार्टीले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायत विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। अध्यक्ष कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको हो।‘स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे समेत छलफल भएको छ,’ पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले भने।

विस्तृत छलफलपछि जनसंघर्षका कार्यक्रम सार्वजनिक गरिने बर्तौलाले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *