कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले थप आठ जिल्लामा आजबाट निषेधाज्ञा जारी गरेको छ । यससंगै अहिले २९ जिल्लामा निषेधाज्ञा जारी छ । २२ जिल्लामा जिल्लाभर र बाँकी ७ जिल्लामा आँशिक रुपमा निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
आँशिक रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरा छन् । त्यहाँ संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारबाट जिल्लाभर नै निषेधाज्ञा लागू हुने बताइएको छ ।
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कास्कीमा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।
Leave a Reply