लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ । ८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टीका चार सदस्य पदमुक्त भइसकेका छन् ।
यसमध्ये मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलको पार्टी एमालेका ४१ सांसद छन् । सरकारका लागि आवश्यक बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो ।
विपक्षीहरूसँग अहिले सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुने अनुमान गरिएको थियो ।
एमालेका सांसदले ‘फ्लोर क्रस’ गर्दा पोखरेल नेतृत्वको सरकार ढल्ने विश्लेषणसहित विपक्षीले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । एमालेका ४१ सांसदमध्ये माधवकुमार नेपाल पक्षका दुई जना सांसदले मुख्यमन्त्री पोखरेलको विरोध गरेका थिए ।
विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान हुँदा सरकार ढल्ने बुझेर पोखरेलले त्यसअगाडि नै राजीनामा दिएका हुन् । यससँगै उनकै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालिएको छ ।
Leave a Reply