मुख्यमन्त्री पोखरेलविरुद्ध चार विपक्षी दल, कानुनी लडाइँ लड्ने चेतावनी

 ग्लोबल टिभि           0

काठमाडौँ । मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक र अराजनीतिक भन्दै लुम्बिनी प्रदेशसभाका चार विपक्षी दलले राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीले राजीनामा दिएर षड्यन्त्रपूर्वक संसद् छल्ने नाटक गरेको भन्दै माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यही संसदबाटै उनलाई हटाउने चेतावनी दिएको हो ।

अल्पमतमा परेका वेला एमालेको नेतालाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराउनु गैरकानुनी भएको भन्दै डटेर सामना गर्ने उनीहरूको भनाइ छ ।

काँग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गर्दागर्दै ३७ जना सांसद भएको दलका नेतालाई मुख्यमन्त्री बनाउँदा संविधानको धज्जी उडेको टिप्पणी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *