सीमाबाट प्रवेश गर्नेलाई कोरोना परीक्षण अनिवार्य : प्रधानमन्त्री

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २०, २०७८      0

काठमाडौँ । सरकारले सीमा नाका प्रवेशमा थप कडाइ गर्ने भएको छ ।

सोमवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकाबाट प्रवेशका लागि कोरोना रिपोर्ट अनिवार्य गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा नाका बेलही नाकाबाट मात्र प्रवेश व्यवस्था मिलाएको बताए ।

त्यसैगरी सोमवार राति १२ बजेदेखि आन्तरिक हवाइ उडान र बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि बन्द गर्ने जानकारी दिए ।

उनले नागरिकको जीवनरक्षाका लागि सरकार लागिपरहेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *