गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त
ग्लोबल टिभि
0
काठमाडौँ । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेशप्रमुख शर्मिला कुमारी पन्तलाई हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई पदमुक्त गरेकी छिन् ।
बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
नवनियुक्त प्रदेश प्रमुखलाई केहीबेरमा राष्ट्रपति भवनमपद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।
Post Views: 1,442
Leave a Reply