ओलीलाई विश्वासको मत जुटाउन रोक्ने कांग्रेसको निर्णय

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते लिन लागेको विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको छ ।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलिले लिन लागेको विश्वासको मतलाई असफल बनाउन पार्टीले पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बताए ।

बैठकले प्रधानमन्त्री ओलीले संवैधानिक मुल्य र मान्यतालाई एक पछि अर्को गरेर भत्काउने काम गरेकोमा भत्सर्ना समेत गरेको उनको भनाई छ ।

बैठकले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक आयोग लगायत विषयलाई पुनः अध्यादेशमार्फत अगाडी बढाउने काम गरको भन्दै त्यसको पनि भत्र्सना गरेको नेता महतले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *