विश्वासको मत लिने ओलीको निर्णय राजनीतिक दाउपेच मात्रै–माओवादी केन्द्र

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय पछाडी राजनीतिक दाउपेच रहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । माओवादीको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णय पछाडिको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओलीले चैत्र २३ गते भित्रै विश्वासको मत लिनुपर्ने भएपनि त्यतिखेर विश्वासको मत लिन पहल नगरेको तर संसदको नियमित अधिवेशन बोलाउने समय भइसकेको बेला विशेष अधिवेशनको नाम दिनुले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘सरकारको सिफारिसमा भनेर राष्ट्रपतिले यही वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको अधिवेशन बोलाईएको छ । र त्यसमा प्रधानमन्त्रीले आफ्नो सरकारको विश्वासको मत लिने कुरा बताउनुभएको छ । हाम्रो पार्टीले अदालतको २०७७ फागुन २३ गतेको फैसला आएपछि नै प्रधानमन्त्रीले चैत्र २३ गते भित्र नै विश्वासको मत लिनुपर्छ भनेका थियौँ ।’

स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले प्रदेश सरकार बनाउनु लोकतान्त्रिक मुल्यमान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्ठा भएको ठहर पनि गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *