लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीले दिए राजीनामा

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

काठमाडौँ । लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् ।

दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधवार सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । उनले राजनीतिक अवस्था देखेर राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित रहेका डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी ओलीका साथै प्रदेश सरकारप्रति पनि असन्तुष्टि जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *