विश्वासको मत दिन प्रधानमन्त्रीको आग्रह देउवाद्वारा अस्वीकार

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २२, २०७८      0

प्रतिनिधिसभामा विश्वासको मत दिन प्रधानमन्त्री के.पी. शर्मा ओलीको आग्रहलाई नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले अस्वीकार गरेका छन् ।

आज अपरान्ह प्रधानमन्त्री ओली केही नेताहरुसहित सभापति देउवा भेट्न बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा ओलीले देउवासमक्ष प्रतिनिधिसभामा विश्वासको मत दिन आग्रह गरेका थिए ।

जवाफमा सभापति देउवाले पार्टीले यस अघि नै विश्वासको मत नदिने निर्णय गरिसकेकोले पुनर्बिचार नहुने बताए ।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *