नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रजातन्त्र प्राप्तिका लागि नेता देविप्रसाद न्यौपानेको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।
न्यौपानेको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिन दोलखा पुगेका पौडेलले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि स्व. न्यौपानेको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । दोलखा काँग्रेसले निष्ठाको प्रतिविम्ब गुमाएको उनको भनाइ छ ।
नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले न्यौपानेको निधनबाट दोलखा काँग्रेसले एउटा इतिहास गुमाएको बताए ।
श्रद्धाञ्जलिका लागि काँग्रेस दोलखाका पूर्वसभापति उद्धवराज काफ्ले, महासमिति सदस्य बर्मा लामा, विनीता अधिकारीलगायत नेताहरू तामाकोशी गाउँपालिका जफे पुगेका थिए । श्रद्धाञ्जलि सभा वडा सभापति रामप्रसाद काफ्लेको संयोजकत्वमा भएको थियो ।
स्व. न्यौपाने जिल्लाका कांग्रेस पूर्वसभापति थिए ।
Leave a Reply