चार सांसद र दुई कर्मचारीलाई कोरोना

 ग्लोबल टिभि           0

काठमाडौँ । प्रतिनिधिसभाका चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधवार पीसीआर परीक्षणका लागि स्वाब दिएका चार सांसद र तीन कर्मचारी संक्रमित पाइएको संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।

वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन बोलाइएसँगै सांसदको पीसीआर परीक्षण गरिएको हो ।

सभामुखसहित १२८ सांसदको  पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकको पनि  परीक्षण गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *