प्रतिनिधिसभामा ओली र दाहालबीच संवाद, के भयो कुराकानी ?

 ग्लोबल टिभि           0

काठमाडौँ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच लामो समयपछि संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासका मत लिने प्रयोजका लागि बसेको प्रतिनिधिसभा बैठक केहीबेर स्थगन भएसँगै प्रधानमन्त्री ओलीले बाहिरिने क्रममा दाहालसँग छोटो संवाद गरेका हुन् ।

कुर्सीमा बसेका दाहालसँग ओलीले उभिएरै संवाद गरेका हुन् । एमालेका अर्का नेता सुवास नेम्वाङसँगै बाहिरिने क्रममा ओली प्रचण्डको कुर्सी नजिकै पुगेका थिए । यस क्रममा ओलीले वर्षमान पुनसँग पनि कुरा गरेका थिए ।

यसअघि संवादका लागि ओलीले गर्दै आएको पटक–पटकको आग्रह दाहालले नकारेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि शुरु भएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *