ग्लोबल टिभि
0
काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उत्पादन भएको अक्सिजनको वितरण र खपतबारे प्रश्न उठाएका छन्।
काठमाडौँमा मात्रै दैनिक ८ देखि १० हजार सिलिण्डर अक्सिजन उत्पादन हुने भने पनि वितरण र खपत कहाँ भइरहेको छ भन्ने खोज्नुपर्ने बताएका हुन् ।
फेसबुकमा उनले अक्सिजन खपतबारे जनतालाई जानकारी गराउन पनि माग गरेका छन् । साथै देशको स्रोतसाधन प्रयोग गरेर सम्भव भएका देशबाट अक्सिजन आपूर्ति गर्नुपर्ने पनि शर्माको भनाइ छ।
Post Views: 1,209
Leave a Reply