ग्लोबल टिभि
0
काठमाडौँ : सत्तारुढ नेकपा एमालेको माधव नेपाल समूहका २० सांसदले राजीनामा दिने भएका छन् ।
राजीनामा दिने तयारी गरेको नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको आग्रहप्रति अध्यक्ष ओली सकारात्मक नभएपछि राजीनामा दिने मनस्थितिमा पुगेको उनले बताइन् ।
गत २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने क्रममा नेपाल पक्षका २८ सांसद अनुपस्थित थिए । त्यस दिन उनीहरूले राजीनामा नगर्ने बरु संसदमा उपस्थित नहुने निर्णय गरेका थिए ।
नेपाल समूहका सांसदले मत नदिएको र जसपा सरकारको विपक्षमा गएपछि प्रधानमन्त्री ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।
नेपाल समूहका सांसदले राजीनामा दिने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पुर्याउने बाटो खुल्ने भएको छ ।
Post Views: 1,555
Leave a Reply