बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन नपाएर पाँचजनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौँ : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँचजनाको मृत्यु भएको छ ।

समयमा अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा उपचाररत चार पुरुष र एक महिलाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा बुटवल–१२ का ५९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष,र बुटवल–१३ का ५२ वर्षीय पुरुष, बर्दघाटकी ४४ वर्षीया महिला र बुटवल–८का २९ वर्षीय पुरुष, रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा माग अनुसार अक्सिजन नभएको र आउन आधा घण्टा ढिला हुँदा सप्लाई रोकिएर संक्रमितको मृत्यु भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *