ग्लोबल टिभि
0
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । असन्तुष्ट झलनाथ खनाल माधव नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए । बिहान नौ बजेदेखि सुरु भएको बैठक बालुवाटारमा जारी छ ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल-खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् ।
यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ ।
Post Views: 1,365
Leave a Reply