कारबाही फिर्ता लिनु सकारात्मक : एमाले नेपाल पक्ष

 ग्लोबल टिभि      बिहिबार, बैशाख ३०, २०७८      0

काठमाडौँ : नेकपा एमालेको माधव नेपाल समूहले आफूहरूमाथिको कारबाही फिर्ता लिनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

बिहीबार बिहान बसेको एमालेको स्थायी कमिटी बैठकले चार नेतामाथिको कारबाही फिर्ता लिने निर्णय गरेपछि नेपाल पक्षले यस्तो प्रतिक्रिया दिएको हो । नेता योगेश भट्टराईले कारबाही फिर्ता लिनु सकारात्मक भएको बताए ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएको हो । यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताको अडान छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *