लामो समयपछि सामाजिक सञ्जालमा झुल्किए भट्टराई

 ग्लोवल टि.भी.      बिहिबार, बैशाख ३०, २०७८      0

काठमाडौँ : नेकपा एमालेका नेता योगेश भट्टराई लामो समयपछि सामाजिक सञ्जालमा जोडिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले चार नेतामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेसँगै भट्टराई एकाएक सामाजिक सञ्जालमा देखिएका हुन् ।

‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो’, उनले भनेका छन्, ‘अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

पार्टीभित्र ठूलो समस्या देखिएका वेला भट्टराई गुमनाम थिए । न उनको बोली नै सुनिएको थियो न त सामाजिक सञ्जालमा उनी सक्रिय थिए ।

पार्टी फुटको संघारमा पुगेका वेला अध्यक्ष ओलीले एकाएक कारबाही फुकुवाको ललिपप देखाएपछि माधवकुमार नेपाल पक्ष उत्साहित देखिएको हो । तर नेपाल पक्षका एक नेताले भने ओलीले आफ्नो जस्तोसुकै कदम चाल्नसक्ने थाहा हुँदाहुँदै पनि पार्टी एकताका लागि लचक बन्न लागेको बताए ।

तर पार्टी २०७५ जेठ २ कै संरचनामा नफर्किए ओली पक्षसँग एकता हुन नसक्ने ती नेताको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *