एमालेका चार नेतालाई ओलीको पत्र : निलम्बन फुकुवा भयो

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा एमालेले चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिँदै निलम्बन फुकुवा गरेको पत्र पठाएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार चारै नेतामाथिको निलम्बन फुकुवा गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

गत चैत ७ गते ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतासँग स्पष्टीकरण मागेको थियो । जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

हेर्नुहोस्, भीम रावललाई ओलीले पठाएको पत्र–

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *