ग्लोबल टिभि
शुक्रबार, बैशाख ३१, २०७८
0
काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले २०७५ जेठ २ को अवस्थामा पुग्नुपर्ने आफूहरूको अडान यथावत् रहेको बताएका छन् ।
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बिहीवार अध्यक्ष केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको बताए ।
नेता रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको तर्क गरे ।
Post Views: 1,333
Leave a Reply