ग्लोबल टिभि
आइतवार, जेष्ठ २, २०७८
0
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच वार्ता शुरु भएको हो ।
नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २०७५ जेठ २ को पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।
सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो ।
Post Views: 1,291
Leave a Reply