बालकुमारीमा यादव र ठाकुरबीच वार्ता सुरु

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ । पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भइरहेको जसपा नेता महेन्द्रराय यादवले जानकारी दिए ।

प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ । पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए । ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको हो ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव ओलीलाई विस्थापित गर्ने पक्षमा थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *