विवाद समाधान गर्न एमालेमा बन्यो १० सदस्यीय कार्यदल

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ : पार्टीमा रहेको विवाद समाधानका लागि सत्तारुढ दल नेकपा एमालेले कार्यदल बनाएको छ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका पाँच र नेता माधवकुमार नेपाल पक्षका पाँच जना छन् ।

कार्यदलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षका भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।

सिंहदरबारमा आइतवार बसेको ओली र नेपालको बैठकसँगै कार्यदल गठन भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *