राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग मुख्यमन्त्रीले मागे स्वास्थ्य सामग्री

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ ३, २०७८      0

काठमाडौँ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्न राष्ट्रसंघीय निकायसँग आग्रह गरेका छन् ।

राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग सोमबार बिहान छलफल गर्दै मुख्यमन्त्री राउतले यस्तो आग्रह गरेका हुन् । छलफलमा मुख्यमन्त्री राउतले भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराउन आग्रह गरे ।

राष्ट्रसंघीय निकायले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको भन्दै मुख्यमन्त्री राउतले यो सहयोग प्रदेश २ सम्म ल्याउन  पहल गर्न पनि आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *