समाजसेवि एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ(कान्छाराम) महामारीमा स्वास्थ्य सामग्री लिएर गृहजिल्ला रामेछाप पुगेका छन् । महामारी जिल्ला अस्पतालहरुमा आइसियू बेडको अभाव भइरहेका बेला तामाकोशी सहकारी अस्पताललाई तीन ओटा आइसीयू बेड सहित अन्य स्वास्थ्य सामग्री लिएर उनी रामेछाप पुगेका हुन् ।
जिल्लामा स्वास्थ्य सामग्री समेत अभाव हुन नदिन तामाङ निरन्तर खटिरहेको उनले ग्लोवल टेलिभिजनलाई जानकारी दिए । निरन्तर कांग्रेसको राजनीतिमा रहेर समाजसेवा गरिरहेका उनले यसअघि पनि जिल्लामा स्थानीय तहलाई १३ ओटा एम्वुलेन्स नगरपालिकालाई स्काभेटर र एउटा शवबाहन निशुल्क दिएका थिए ।
जनतालाई आपत विपत्त परेको जुनसुकै परिस्थितमा तामाङ हेलिकोप्टर लिएर नै उद्धारमा खट्ने नेता हुन् । यस्तै काम गरेर राजनीतिक छवि बनाएका उनले धरैलाई बचाएका छन् । तामाङ रामेछापमा लोकप्रीय नेताको रुपमा चिनिन्छ ।
Leave a Reply