ग्लोबल टिभि
मङ्लबार, जेष्ठ ४, २०७८
0
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणा आफैंले हेर्ने भएका छन् । प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको एकल बेन्चमा हुन लागेको हो ।
सपथको व्यहोरामा उल्लेखित विषय उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै बरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपति भण्डारीले दोहोर्याएर उच्चारण गराउँदा समेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ फर्काएका थिए ।
Post Views: 918
Leave a Reply