ग्लोबल टिभि
0
काठमाडौँ : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्न माग गरेका छन् ।
दाहालले राष्ट्रियसभामा रामबहादुर थापालाई जिताउन ओलीले गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनको निजी सचिवालयले विज्ञप्ति निकालेर स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको तर प्रधानमन्त्रीको कदमले निर्वाचनमा प्रभाव पार्ने बताएको हो।
जेठ ३ गते राति १२ बजे मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको अपिल निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै ओलीलाई कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ ।
Post Views: 1,252
Leave a Reply