प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसले सरकारलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सिंहदरबार स्थिति प्रधानमन्त्री कार्यालय पुगेर सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गर्दै देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ ।

खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन् । अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ । सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महत लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *