सिसीएमसी खारेज गर्न माओवादीको माग

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ६, २०७८      0

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गर्न माग गरेको छ । केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गर्न माग गरेको हो ।

विपतका घटना हेर्नका लागि बिभिन्न सरकारी संयन्त्र भएपनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सिसिएमसी गठन गरिएको माओवादीको ठहर छ । सिसिएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै तत्कालै खारेज गर्न पनि माग गरिएको नेता वर्षमान पुनले बताए ।

माओवादी केन्द्रले प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने तर्क अघि सारेको छ । बैठकले अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको सप्लाई, सरकारी तथा निजी अस्पतालको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा भोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *