ग्लोबल टिभि
0
काठमाडौँ : नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएको छ । बिहीबार बसेको स्थायी कमिटीको बैठकले कतिपयले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ ।
वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि बिहीवारको उपचुनावमा एमाले उम्मेदवार रामबहादुर थापाले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको सूचनाका आधारमा बैठकले भर्त्सना गरेको हो ।
एमालेमा एकता प्रयास शुरु हुनुअघि नै नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरूले साझा उम्मेदवार बनाएका थिए । एकता प्रयास शुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो । एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका हुन् ।
Post Views: 1,051
Leave a Reply