अहिलेको सरकारले पूर्ण बजेट ल्याउनै सक्दैन : पूर्व अर्थमन्त्री महत (भिडियोसहित)

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ६, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले अहिलेको सरकारले पूर्ण बजेट ल्याउनै नसक्ने दाबी गरेका छन् ।

ग्लोबल टेलिभिजनसँग कुरा गर्दै महतले अल्पमतको सरकारले कामचलाउ मात्र बजेट ल्याउनसक्ने बताएका हुन् । उनले बरु सर्वदलीय बैठक बोलाएर सहमति गरी बजेट ल्याउने मिति नै केही सार्न सकिने तर्क गरे ।

पूर्वअर्थमन्त्री महतले विगतमा भएका कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन सुझाव दिए । लोकप्रिय बनाउने नाममा ठूला बजेट ल्याए पनि कार्यान्वनमा थुप्रै कमजोरी रहेको उनको भनाइ छ ।

हेर्नुहोस्, महतसँगको कुराकानी-

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *